Saturday, September 18

सङ्क्रमणका कारण थप ३५ जनाको मृत्यु, १० वर्ष मुनिका ३६ बालबालिकामा संक्रमण पुष्टि

August 24, 2021 72

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार ९०९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख दुई हजार ८६ जना पुगेको छ ।

सङ्क्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ५६८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकाभित्र ६ सय ८९ जनामा पुष्टी भएको छ। जसमध्ये काठमाडौंमा ५ सय १८,भक्तपुरमा ५२ र ललितपुरमा १ सय १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्