Monday, October 18

ओलीको चियापान बहिष्कार गरेर हेलिकप्टरमा ससुराली पुगे मुख्यमन्त्री

March 17, 2021 253

नेकपा एमालेको नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् ।राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ । राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गरे थिए,धेरै खुशी लाग्यो !’, उनले लेखेकी छन् ।

आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दुखेसो गरेका छन्। शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !’

प्रधानमन्त्री ओलीनिकट भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अविवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग तामझामका साथ् विवाह गरेका थिए । उनको विवाह समारोहमा देखिएको तामझामप्रति धेरैले आलोचना पनि गरेका थिए ।संयोग कस्तो भने, आजै वालुवाटारमा प्रधानमन्त्री ओलीले चियापान कार्यक्रम आयोजना गरेका छन् । ओलीको किचेन क्याविनेटका सदस्य राई भने चियापान छाडेर ससुराली पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्