Saturday, September 18

आज यी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, उच्च सर्तकता अपनाउन आग्रह

August 24, 2021 36

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार आज बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।

त्यस्तै बुधबार बुधबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्