Thursday, October 21

नेपालमै गर्छन् माछाको रक्षा नागराजा र नागरानीले, स्थानीय भन्छन्,‘यो पोखरीबाट कसैले एउटा मात्र माछा झिकेर लगे याहाँका नाग नागीनले यस्तोसम्म गर्छन्’ (भिडियोसहित)

August 24, 2021 96

माछाको रक्षा नाग नागीनले गरेका छन् भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । त्यो पनि नेपालमै । काठमाण्डौबाट झण्डै २ किलोमिटर पर चोभार भनिने ठाउँमा एउटा यस्तो पोखरी छ जहाँ माछाको रक्षा त्यस पोखरीमा भएको नागराजा र नागरानीले गर्ने गर्दछन् । टौदह भन्ने ठाउँमा रहेको उक्त पोखरीलाई कर्काटक नागराजा र नागरानीको नामले परिचित छ । यो पोखरीको बारेमा त्याहाँका स्थानीयहरुले जे भन्छन् त्यो कुरा सुन्दा सबैलाई अचम्म त लाग्छ नै साथै मनमा एक प्रकारको खुल्दुली र डर उत्पन्न भई दिन्छ ।

त्याहाँका स्थानीयको भनाई अनुसार त्यस पोखरीमा भएका माछाहरुलाई एक जोडी नाग नागीन्ले रक्षा गरिरहेका छन् । एउटा अचम्मको कुरा त के भनेका छन् स्थानीयले भने ३ मुखे नाग छन् जस्ले याहाँको प्रत्येक एक एक माछोको रक्षा वर्षौंदेखि गर्दै आईरहेका छन् । को हुन् त त्यसरी माछाको रक्षा गर्ने नाग नागीन् भन्ने प्रश्नमा स्थानीयले भन्छन्,‘काठमाण्डौ खाल्डोमा जेमेको पानीलाई मञ्जु श्रीले चोभारको पहाडबाट काटेर बगाएपछि त्यसैबाट यो पोखरीको इतिहाँस शुरु भएको हो । र त्यही समयदेखि नै यी नाग नागीन्को कहानी शुरु भएको हो ।’

स्थानीय भन्छन्,‘यो पोखरीबाट कसैले पनि एउटा मात्र माछा झिकेर यदि लगेको छ भने त्यो मानिसको घरमा सर्पै सर्पले घेर्न पुग्दछन् । र त्यो मानिस पानीबाट झिकिएको माछा जसरी छट्पटाउँदछ त्यसरी ने छट्पटाएर मर्दछ ।’ पोखरीको बारेमा जुन प्रकारको एउटा भनाई छ त्यसलाई स्थानीयले वर्षौंदेखि मान्दै र अनुशरण गर्दै आईरहेका छन् । पोखरीमा भएका माछाहरुलाई त्याहाँका स्थानियले चारो हाल्छन् तर नागराजा र नागरानीको डरले झिकेर भने खाँदैनन् । माछा र नाग नागीन्को वास्तविक कथालाई स्थानियहरु यसरी बताउँछन् । भिडियोसहित

प्रतिकृया दिनुहोस्