Thursday, October 21

माधव नेपाल पक्ष भन्छ,‘पार्टीमा ल्याएर सक्ने ओलीको चाहना हो,१० बुँदे नभए पनि लुरूलुरू जानेलाई केही भन्दैनौं’

August 23, 2021 48

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल पक्षले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष वार्ताका लागि गएका ९ नेताहरुका बारेमा प्रतिकृया दिएका छन् । नेपाल पक्षले उनीहरु एमालेमै गएपनि आफुहरुको अभियान नरोकिने बताएका छन् । आफूहरूले १० बुँदे सहमतिलाई नै इन्कार गरेकोले ति ९ नेताले १० बुम्दे कार्यान्वयन गराउन सहमति गराएपनि त्यसले केही फरक नपार्ने बताएका छन् ।

नेपाल पक्षले उनीहरु ओलीकै पक्षमा जानका लागि सेफ लेण्डिङ खोजेको तर्क गरेका छन् । १० बुँदे कार्यान्वयन नभएपनि ति नेताहरु ओलीकै पक्षमा जाने कुरामा आफुहरु मानसिक रुपमा तयार भएर नै अभियान सुरु गरेकाले उनीहरुको निर्णयले कुनै फरक नपार्ने बताएका छन् । नेपाल पक्षीय नेता राजेन्द्र राईले १० बुँदेले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन नसक्ने दाबी गरेका छन् ।

१० बुँदे सहमतिलाई आफुहरुले नमानेका कारण कुनै फरक नपार्ने उनको भनाई छ । उनले जेठ २ को कुरासँगै अरू विषय पनि थपिएको बताए । सर्वोच्च अदालतको फैसला र संसद विघटनबारे समान धारणा हुनुपर्ने उनको भनाई छ । उनले भने, मिल्ने दुबै पक्षको चाहना हुनुपर्‍यो। पार्टीमा ल्याउने र मिलाएर सक्ने भन्ने ओलीको चाहना हो। उहाँहरू १० बुँदे नभएको भए पनि लुरूलुरू जाने अवस्था थियो।

प्रतिकृया दिनुहोस्