Monday, December 6

श्रीमान श्रीमतीले झ गडा गरिरहेको ठाउमा मिलाउन खोज्दा जादा ….

August 23, 2021 133

श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन खोज्दा मोरङको मिक्लाजुङमा एक पुरुषको ह त्या भएको छ । मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको ह’त्या भ’ए’को मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आ’क्र’मण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झ ग डा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८:४० बजेतिर घटनास्थलमा पुगेका थिए । झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका छिमेकीहरु ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर बहिनी–ज्वाईंको डेरामा गएको खुलेको छ । मिलेर बस्न र परिवारमा झ’ग’डा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कु’टपि’ ट गरेको डीएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आ क्र मण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा गय राति ११:४५ बजेतिर मृत्यु भएको हो । कु ट पि टबाट सामान्य घाइते हुनु भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्