Monday, December 6

पोखरामा अचानक सडक भासिन थाल्यो , मानिस त्र सित

August 23, 2021 89

कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको ठूलो क्षेत्रमा सडक भासिएर भ्वाङ परेको छ । पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल नै जमिनमा ख से को छ ।

आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।

‘पानी परिरहेको छ र पानीको भल त्यसैबाट छिरिरहँदा अझै भासिने र महेन्द्रपुल क्षेत्रमा क्षति पुग्ने हो कि भन्ने डर छ’ उनले भने । अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ ।

अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उहाँले जानकारी दिनुभयो । पोखरामा बेला मौकामा यस्ता भ्वाङ देखिने गरेका छन् । पोखरा उच्च जोखिममा रहेको जमिनको धरातलमा रहेको तथ्य छ । सेती नदी नै पोखरा आएपछि भित्र भित्रै हराउने भएकाले पोखरा क्षेत्रको भित्री जमिन पुरा ओडार हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्