Thursday, October 21

माधव नेपालको पार्टीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने, यि हुन् नाम

August 23, 2021 112

नेकपा एमाले विभाजन गरेर नयाँ दल गठन गरेको माधवकुमार नेपाल समूह सरकारमा जाने निश्चित भएको छ । उनको पार्टी पनि गठबन्धनको सरकारमा ६ मन्त्रालय पाउने विषयमा छलफल सुरु भएको छ । स्रोतका अनुसार नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने छ ।

नेपालको पार्टीले बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढेको छ । भुसालको नेतृत्वमा सहभागी नभए मुकुन्द न्यौपानेले नेतृत्व गर्ने पनि बताइएको छ । मन्त्री को को बन्‍ने भन्‍ने विषयमा नखुलाएको भएपनि रामकुमारी झाँक्री लगायतका नेताहरुको सम्भावना रहेको बताइएको छ । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी, रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएको बुझिएको छ ।

‘बेदुराम दाइ र मुकुन्द दाइमध्ये एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग पक्का जस्तै छ,’ ती नेताले भने, ‘मन्त्री को(को हुने भन्‍ने विषयमा छलफलचाहिँ भएको छ, तर टुंगिएको छैन । टुंगिएपछि नै उहाँहरुको नामको विषयमा भनौँला ।’

यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाल पक्षले निर्वाचनमा आयोगवाट दल दर्ताको प्रमाणपत्र पाए लगत्तै सरकारमा सहभागी हुने बताएका छन् । त्यसका लागि सहमति भइसकेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्