Monday, December 6

चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ लाई पुत्रलाभ, बधाई दिनेको ओइरो

August 22, 2021 155

कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छि धर्बेकी श्रीमति करुणा खड्काले छोरा जन्माएकी छिन् । चर्चित टेलि चलचित्र जुठे तथा हल्का रमाइलोका लेखक, निर्माता एवम् निर्देशक श्रेष्ठलाई पुत्रलाभ भएको हो । उनीहरुलाई पुत्रलाभ हुनेवित्तिकै बधाई दिनेको ओइरो लागेको छ ।

यो पनि, गाउँको उत्पादनमा शहरियाको मन- रैथाने उत्पादनप्रति शहरियाको चाख बढ्दो छ । असमयमै रोगको शिकार भइने डरले उनीहरु आहारविहारमा पनि सजग हुन थालेका हुन् । यहाँ खुलेका जैविक (अग्र्यानिक) खाद्य पसल उपभोक्ताको रोजाइमा छन् । हालको कोरोना महामारीमा स्थानीय उत्पादनको बजार माग झन् बढी छ । गाउँले खानाका पारखी त्यस्ता पसलको खोजी गरिरहन्छन् । महालक्ष्मी अग्र्यानिक खाद्य उद्योगका सञ्चालक सुवासकुमार राजभण्डारीले स्थानीय उत्पादनप्रति मानिसको रुचि बढ्दै गएको बताउनुभयो । “कहिलेकाहीँ माग धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “अग्र्यानिक खानामा उपभोक्ताको आकर्षण छ ।”

उहाँको उद्योगमा ४० प्रकारका स्थानीय खाद्य वस्तुको उत्पादन र बिक्री हुन्छ । फापरको पिठोदेखि सिन्कीसम्म एकै ठाउँमा पाइन्छ । जुम्लाको मकैबाट आटो बनाएर बेच्ने गरेको सञ्चालक राजभण्डारीले सुनाउनुभयो । धेरै उत्पादन भने ताराखोलाको छ । गाई भैँसीको घ्यूदेखि आलु, टिमुर, सिस्नो, गेडागुडीको दाललगायत उत्पादन ताराखोलाबाट ल्याएर बजारीकरण गरिएको हो । शुक्रबार ताराखोला गाउँपालिका–२ अर्गलबाट मगाएको १० मुरी आलु सोही दिनै सकिएको सञ्चालक राजभण्डारीले बताउनुभयो ।

“अहिले आलु किन्न आउने ग्राहकलाई फर्काउनुपरेको छ, केही दिनमा तमान, लाम्मेलाको आलु आउँदैछ”, उहाँले भन्नुभयो । विषादी र रासायनिक मल प्रयोग नगरी उत्पादन गरिएको खाद्य वस्तु ल्याएर उद्योगबाट बेच्ने गरिएको छ । उद्योगमा मकै, कोदो, जौँ ताराखोला, अर्गलबाट, फापर तमानबाट र गहुँ म्याग्दीको गौश्वाराबाट आउने गर्छ । गाउँबाट ल्याइने उत्पादनको गुणस्तर हेरेपछि बल्ल उद्योगबाट आटो, पिठोको रूपमा निकालिन्छ । त्यसरी तयार भएको उत्पादनलाई ‘प्याकेजिङ’ गरेर बेच्ने गरिएको छ ।

उपभोक्ताले घरमा लगेको पिठोबाट रोटी, ढिडोँलगायतका परिकार बनाएर खान सक्छन् । मकैको आटो–पिठोको मूल्य प्रतिकिलो रु १२५, फापरको पिठोको रु २२०, कोदोको रु १००, जौँको रु १७० र गहुँको रु ६५ छ । यस्तै जौँको सातु प्रतिकिलो रु १८० मा बिक्री भइरहेको छ । उद्योगमा शुद्ध तोरीको तेल, मार्सी चामल, गाउँको बदाम, भाँगोलगायतका स्थानीय उत्पादन किन्न पाइन्छ । गाउँका किसानलाई चलेको मूल्य तिरेर खाद्यान्न ल्याउने र थोरै मुनाफा राखेर बेच्ने गरिएको उद्योगले जनाएको छ । तीन वर्षअघि खुलेको उद्योगमा छ जनाले रोजगारी पाएका छन् । उद्योगमा झण्डै रु ४० लाख लगानी भएको छ ।

राजभण्डारीझैँ यहाँको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने व्यवसायी अरु पनि छन् । सदरमुकाममा १० वर्षदेखि व्यवसाय गर्दै आउनुभएका हिरामणि सुवेदीले लेकतिरको उत्पादन ग्राहकको रोजाइमा पर्ने गरेको उल्लेख गर्नुभयो । “जडीबुटीजन्य सागपात, सिन्की, टिमुर, सिल्टिमुरजस्ता वस्तुको माग धेरै आउँछ”, उहाँले भन्नुभयो, “जैविक खानाको उपभोग बढेको छ, बजारमा बसोबास गर्ने मानिस आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै गइरहेका छन् ।” सुवेदीले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङको लेकाली क्षेत्रमा उब्जाऊ हुने खाद्य बाली बिक्री गर्दै आउनुभएको छ । नयाँ खुलिरहेका खाद्य एवं किराना पसलले पनि धेरथोर भए पनि स्थानीय उत्पादन बिक्रीमा राख्न थालेका छन् । तरकारी र फलपूmल पसलमा पनि गाउँको उत्पादनले ठाउँ पाएको छ ।

स्वादिष्टसँगै स्वस्थकर पनि हुने हुँदा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको हो । जैविक खानाको उपभोग बढ्नुलाई मानिसले विस्तारै आफ्नो जीवनशैली परिवर्तन गरेको रूपमा सहजै बुझ्न सकिन्छ । व्यस्त र तनावपूर्ण दैनिकीका कारण अनेक स्वास्थ्य जटिलता व्यहोर्दै आएका शहरिया मानिस भान्साको खानपान फेर्नेदेखि ध्यान, योग र व्यायामतिर आकर्षित छन् । यसले पछिल्लो समय मानिस आफ्नो स्वास्थ्यप्रति सचेत र सावधान रहेको देखाउँछ । स्वस्थकर खानपान र अनुशासित जीवनशैली अपनाउँदा आफूलाई निरोगिताको स्थितिमा राख्न सकिने चिकित्सकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्