Tuesday, October 26

२ बर्ष अगाडि डिभी परेर अमेरिका गएका २२ बर्षका सृजनको निधनपछि शव बाकशमा फर्किदै

August 18, 2021 111

अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु वरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार नेपाल ल्याउन लागिएको छ । नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी सहित विसकन्सिन बासी नेपालीहरूले मङ्गलवार स्वर्गीय कुँवरलाई श्रद्धाञ्जली दिएका थिए।

शव सुरक्षित ढङ्गले नेपाल पठाउन भ्याली फ्युनेरल होम एप्पलटोनले आवश्यक व्यवस्था गरिसकेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष सुवेदीलाई जानकारी गराएको छ । सृजनको शव बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त रहेको छ।

एभिन्यु फोन्डल्याक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि उपचारका लागि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो । सो अस्पतालले बिरामीको थप परीक्षण र उपचारका लागि यूडब्लु म्याडेसन अस्पताल पठाएको थियो ।

त्यहाँ पनि कुँवरको उपचार सम्भव भएन ।अस्पतालले सृजन कुँवरलाई मृत घोषणा गरेको थियो । काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारीका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए । डी भी लोटरीको माध्यमबाट दुई वर्ष अघि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको हो ।

अहिले स्वर्गीय कुँवरको शव अस्पतालमा नै रहेको छ ।स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवरले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका विसकन्सिन च्याप्टरलाई सहयोगको अनुरोध गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्