Saturday, September 25

प्रहरीले भगवती अधिकारीको घरमा छड्के हान्दा प्रदिप कार्की यस्तो अवस्थामा समातिए

August 17, 2021 148

चन्द्रागिरी नगरपालिका १ दहचोक कार्की धारास्थित भगवती अधिकारीको घरमा ता’स खे लिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप कार्की लगायत १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जु’वाता’स खेलाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६४ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्बिर

त्यस्तै , अ वैध स्याउसहित एक पक्राउ
अवैध रुपमा भारततर्फ त स्क री ग री लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज ब राम द गरेको छ । भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ ब रा मद भएको छ । सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो ।

आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्