Tuesday, September 28

१६ बर्षकी छोरि देखेपछि मन थाम्न नसक्दा…..

August 13, 2021 107

जिल्ला प्रहरी कार्यालय पर्वतले १६ वर्षीया किशोरीलाई कर णी गरेको अभियोगमा उनकै बुबा र काकालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित र उनको ठेगाना समेत गो’प्य राखिएकी ती किशोरीमाथि कर णी भएको भन्दै उनकै दाजुले प्रहरीमा उजुरी गरेका थिए।

गत जेठ सात गते बुबा र काकाले नै बहिनीलाई कर णी गरेको भन्दै साउन २६ मा दाजुले उजुरी दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार पीडित किशोरीकी आमा मा’नसि’क रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई कर णीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गो’प्य राखिएको छ ।जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप गरी मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्