Monday, December 6

श्रीमानले आफ्नै भाउजु भगाएपछी उल्टै तैंले मेरो जीन्दगी बरबाद बनाइस् भन्छन् भन्दै श्रीमती गहभरी आशु बनाउदै…

August 11, 2021 207

श्रीमानले पटक पटक गल्ती गर्दा पनि उनले माफी दिइन् । उनले गाउँकै भाउजु नाता पर्नेलाई घरमा लिएर आए । समाज बस्यो । ९ दिन सम्म उनै भाउजुसंग बसेका श्रीमानले भाउजुलाई ६५ हजार रुपैया दिएर पठाए । गाउँका स्थानिय भेला भएर यस्ता श्रीमानलाई किन सहेर बस्छेस् भन्दा उनले नै श्रीमानकै साथ दिइन् । तर उनको ब्यवहार फेरिएन ।

उनी अहिले विदेशमा छन् । तर अहिले पनि उनी राम्रो शब्दले पनि बोल्दैनन् । श्रीमानले नै उल्टै तैंले मेरो जीन्दगी बरबाद बनाइस् भन्छन् । १५ वर्षमा विवाह भएको उनले बताइन् । १६ वर्षको उमेरमा नै उनले छोरालाई जन्मदिइन् । एक दिन त सुधिएलान् भन्ने लागेको थियो । फोनवाट कुराकानी हुँदै गर्दा उनीहरुबीच प्रेम भएको थियो । गाउँमा हुँदा पनि उनले अन्य युवतीको पछि लागेर दुख दिँदा गाउँपालिकामा जनप्रतिनिधिले मिलाएर पठाएका थिए । तर उनले बानी सुधारेनन् ।

अहिले उनले विदेशमा अर्की युवतीसंग विवाह गरिसकेको आफुले थाहा पाएको बताएकी छन् । फोन गर्दा सुन्नै नसकिने गाली गर्छन । दुई पटक अर्की ल्याएका श्रीमानलाई आफ्नो बनाएकी थिएँ । तर अझै पनि उनी आफुसंग बस्नै चाहन्नन् भने आफ्नो र छोराको भविष्यमा दुख नपाउने गरी न्याय दिलाइदिन उनले आग्रह गरेकी छन् ।

अहिले त छोरा पनि ठूलो भइसकेका छन् । छोराले मेरो बुवा खै भनेर सोध्दा मन भक्कानिएर आउँछ । श्रीमानलाई भारतवाट झिकाएर अगाडीको वाटो सजिलो बनाउने बातावरण बनाउन चाहन्छु, उनले भनिन् । मसंग खुसी नभएको मान्छेलाई आफ्नो बनाउन सकिने रहेनछ, विवाह गरेको चार वर्ष उहाँकै प्रतिक्षामा बसेँ अब भने खुसी हुनेगरी विदावारी भएर आफ्नो वाटो लाग्ने बातावरण बनाइदिनुस्, उनले रुँद्रै भनिन् ।

प्रतिकृया दिनुहोस्