Tuesday, October 26

अर्कैसंग विवाह गर्न ठिक्क परेकी ज्योतिलाई मेरो श्रीमति हुन् भनेर लगेका थिए कृष्णले

August 11, 2021 278

सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाका प्रमोद पासवानकी छोरी ज्योतिको विवाहका लागि एउटा केटा तय भइसकेको थियो । केटा हेर्न आए ज्योतिलाई मन पराए । बुवाआमाले विवाहको तयारी गर्नै लाग्दा गाउँकै अर्का एक युवकले ज्योतिसंग आफुले विवाह गरिसकेको भनेर घरमै आए ।

८ फागुन २०७६ मा हेर्न आएका विराटनगरका केटा पक्ष विवाहको मिति टुंगो लगाउने सहमतिमा फर्किएपछि गाउँकै कृष्ण मिश्रले ज्योतिलाई आफुले श्रीमती बनाइसकेको भन्दै घरमा आए । बुवाआमाले सोध्दा ज्योतिले पनि हो भनिन् । अनि ज्योतिलाई कृष्णको साथ लगाएर राजिखुसीमै पठाइदिए ।

तराई मधेसमा मिश्रलाई कतिथ उच्च जात ब्राम्हण मानिन्छ भने पासवानलाई कतिथ तल्लो दलित भनिन्छ । यहि जात ब्यवस्थाका कारण कृष्णले ज्योतिलाई आफ्नो परिवारले स्वीकार गर्दैनन् भनेर अन्तै लिएर गए । उनी वुटवल स्थित आयल निगममा जागिरे थिए । उनलाई त्यतै लिएर गए । कृष्णले आफुहरु कहाँ बस्छौं भन्ने खुलाएका थिएनन् तर उनले सिन्दुर–मंगलसूत्र पहिरिएकी ज्योतिसँग खिचेका फोटोहरु बेला बेलामा फेसवुकमा सार्वजनिक गरिरहन्थे ।

छोरीलाई खुसी देखेर ज्योतिका बुवाआमा पनि खुसी थिए । तर अचानक ज्योतिको जीवनमा भुइचालो आयो । होटलको लजमा ज्योतिलाई राखेका कृष्णले एक दिन ज्योतिलाई भने, होटलमा बस्दा महंगो भयो म कोठा खोज्न जान्छु । म नआन्जेल तिमी यहिँ बस । उनले ज्योतिको मोवाइल पनि लिएर गए ।

त्यसो भनेर गएका कृष्ण एक साता वितिसक्दा पनि फर्किएनन् । ज्योतिलाई लजवालाले पैसा तिर्न तारन्तार भनिरह्यो । एक सातामा पनि नफर्केपछि ज्योतिले आफ्नी आमा इनरदेवीलाई फोन गरेर आफू संकटमा परेको बताइन् । आफूलाई लहानको पुष्पाञ्जली लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा पनि उनले आमालाई सुनाइन् ।

बुवाले ज्योतिलाई होटलवाट लिएर आए । प्रहरीमा उजुरी दिन भन्दा ज्योतिले कृष्ण फर्केर आउँछन् भनेर दिन मानिनन् । उनी केही दिन माइतमा कृष्णको प्रतिक्षामा बसिरहीन् । उनी दिनरात कृष्णलाई सम्झेर रोइरहन्थिन् ।

घर नजिकै चियानास्ता पसल खोलेका ज्योतिका आमाबुवा साउन २३ गते सामान लिन बजार गएका थिए । पसलमा उनीहरुका जेठी छोरी आरती थिइन् । खाना पकाउन ज्योतिलाई भनिएको थियो । आरती खाना खान पसल बन्द गरेर घर जाँदा ज्योतिले स ‘लको पा’सोमा झु’ण्डि’ए’र प्राणपखेरु त्यागिसकेकी थिइन् ।

‘कृष्णले छाडेर गएको चिन्तामा हाम्री छोरी ज्योतिले प्रा’ण त्यागिन्,’ प्रमोद पासवान भन्छन्, ‘हामीलाई न्याय चाहिएको छ ।’ उनले कृष्ण मिश्र विरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिइने बताए । ‘छोरीको मृत्युपछि के गर्ने, कसो गर्ने सोच्नै सकिनँ । न्यायका लागि आज प्रहरी कार्यालयमा उजुरी दिन्छौं, उनले भने । छोरीको निधन पछि उनका बुवाले कृष्ण विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अहिले उनी छोरीका लागि न्यायको पर्खाइमा छन् ।

प्रतिकृया दिनुहोस्