Tuesday, June 15

माधव नेपाल तिर हेर्दै ओली भावुक हुँदै भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो’

March 15, 2021 246

माधवकुमार नेपालसहित पार्टीका असन्तुष्ट नेतासँग सोमबार भएको वार्ता मिठो र सकारात्मक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। पार्टी कार्यालयमा भएको वार्तापछि माधवले भने वार्ताको सुरुवात मिठो रहेपनि अन्त्य टह्रो भएको प्रतिक्रिया दिए।धुम्बाराहीस्थित पार्टी कार्यालयमा भएको भेट पार्टीभित्र देखिएको आन्तरिक वि’वाद समाधानका लागि ओलीले सुरु गरेको कदमका रुपमा बुझिएको छ। ओली र नेपालले वन टु वन छलफल पनि गरेका थिए।

सर्वोच्च अदालतले पार्टी एकीकरणपछि बनेको नेकपा नाम बदर गरिदिएर एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएकाले तत्कालीन एमाले नेताहरु आफ्नै ठाउँमा जम्मा हुन थालेका हुन्।सर्वोच्चको फैसलापछि ओली र नेपालबीच पहिलोपटक भेट भएको हो। यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि तत्कालीन नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल, झलनाथ खनाललगायत थुप्रै नेताहरुले अ’सन्तुष्टि जनाउँदै विरोध गरेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय सर्वोच्च अदालतले उल्टाई दिएपछि तत्कालीन नेकपा फु’टको सं’घारमा पुगेको थियो। तर नेकपा नाम बदर हुँदै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि राजनीतिक कोर्स नयाँ दिशामा अगाडि बढेको छ। त्यसपछि खासगरी प्रचण्ड समूहमा रहेका एमाले नेताहरु आफ्नो पुरानै पार्टीमा गएर सं’घर्ष गर्ने निर्णयमा पुगेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेयता ओलीले नेपाल र उनी पक्षका नेताहरुलाई निरन्तर क’टाक्ष गरिरहेका छन्। ओलीले चैत ७ गतेका लागि बोलाएको केन्द्रीय समिति बैठक अघि अ’सन्तुष्ट नेताहरुसँग छलफल अगाडि बढाएका हुन्।वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्या’दती गरेको भन्दै तर अब बिगत सम्झेर ब’दला लिने सोच आफूमा नरहेको बताएका थिए ।

नेपाल प्रेसका अनुसार ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुं’गामा ब’जा’रेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सि’ध्या’उनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो ग’ल्तीको रियलाइजेशन हो । सबै कुरा को’ट्याएर जान चाहान्न ।’

ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै ध’रापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक नि’ष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

प्रतिकृया दिनुहोस्