Saturday, September 25

आकासले कार किनेको २४ घण्टा भित्रै पुजाले पनि किनिन् उस्तै कार

August 8, 2021 96

नेपाली सिने क्षेत्रमा अभिनेता आकाश श्रेष्ठ र नायीका पुजा शर्माको बारेमा निकै चर्चा हुन्छ । अहिले फेरी पुजा र आकास फरक प्रशंगले चर्चामा छन् । आकासले कार किनेको २४ घण्टा नबित्दै पुजाले पनि सोही कम्पनीको कार किनेकी छन् । उनीहरुको कारकोरंग मात्र फरक छन ।

संगसंगै कार किनेको घटनालाई लिएर रजतपट क्षेत्रमा यतिबेला अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको चर्चा छ । विहीवार आकाशले ७० लाख पर्ने हुन्डाईको क्रेटा गाडी किनेका थिए । उनले सामाजिक सञ्जाल मार्फत त्यसबारे जानकारी गराएका थिए ।

कलाकारहरुले पनि राम्रै आम्दानी गर्न सफल छन् भन्ने कुराको उदाहरण पछिल्लो पुस्ताका कलाकारहरुले देखाएका छन् । आकाशले आफ्नै कमाईले नयाँ गाडी किनेका हुन् । स्रोतका अनुसार आकाशले गाडी किन्न लागेको कुरा उनलाई हरपल साथ दिँदै आएकी अभिनेत्री पूजा शर्मालाई भने जानकारी नै थिएन ।

पछिल्लो समय उनीहरुबीचमा पहिला जस्तो हार्दिक सम्बन्ध नभएको अनुमान लगाइएको छ । उनीहरु काममा संगै देखिए पनि पहिलाको जस्तो हार्दिकता भने नभएको चर्चा छ । यस्तो अवस्थामा जब आकाशले गाडी किनेको तस्बिर पूजाले राजिवको फेसबुकमा देखिन्, तब उनले पनि तुरुन्तै कार किन्ने निर्णय गरिन् । उनले शुक्रवार थापाथलीको शोरुमबाट आकाशले किनेकै कम्पनीको गाडी (क्रेटा) ७० लाख तिरेर घर भित्र्याएकी छन् ।

आकाशले किनेको गाडी सेतो रंगको छ भने पूजाको गाडीको रंग चकलेटी छ । रंग मात्र फरत तर कम्पनी र मुल्य भने एउटै हो । आकाशले किनेको २४ घन्टाभित्रै पूजाले पनि त्यही कम्पनीको गाडी किनेको विषयले चर्चा पाएको हो । निषेधाज्ञा अघिसम्म एक अर्काबीना कुनै सामान पनि नकिन्ने यि दुई कलाकार अहिले भने प्रतिस्पर्धामै उत्रिन थालेको अनुमान लगाइएको छ ।

प्रतिकृया दिनुहोस्