Tuesday, September 28

बरण्डामा कपडा सुकाइ सकेर कोठा पसेकी महिला, मृत भेटिइन् !

August 4, 2021 95

धनकुटामा आज बिहान एक महिला आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा भेटिएको छिन् । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४ स्थित अन्दाजी २५/२६ बर्षकी रिना गुरुंग उक्त अवस्थामा फेला परेकी हुन् । परिवार श्रोतका अनुसार बिहान करिब ६ देखि ७ बजेतिर कपडा घरको बरण्डामा सुकाइ सकेर कोठा भित्र पसि भित्रबाट चुकुल लगाई झु’ण्डिएको हो ।

भोजपुरको खावा माइती घर भएका उनको माइती पक्षका ब्यक्तिहरुलाई खबर गरिसकिएको र उनीहरु आइपुगेपछि मात्रै ढोका खोल्ने भनिएकोले अहिले घटनास्थल प्रहरीले सुरक्षित राखेको छ । मृतकको माइती पक्षका आमा हाल काठमाडौमा भएकोले आइपुग्न केही समय लाग्ने र भोजपुरबाट आउंदै गरेकाहरु आइपुग्न लागेको बताइएको छ । मृतकको १ छोरा,श्रीमान र सासु-ससुरा छन् ।

प्रतिकृया दिनुहोस्