Wednesday, January 19

नायिका प्रियंका कार्कीलाई ‘ट्रोल’गर्नेहरुलाई आयुष्मानको आयो कडा जवाफ

August 4, 2021 168

नेपाली नायिका प्रियंका कार्की केही समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन्। यसो त कोरोनाका कारण फिल्मी क्षेत्र नै सुनसान छ। तर कार्कीको चर्चा नभएको भने दिन हुँदैन। उनी कुनै न कुनै विषयका कारण चर्चामा हुन्छिन्।

पछिल्ला दिनहरुमा कार्की गर्भवती भएपछि झनै चर्चामा छिन्। विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आ’लो’चना धेरै हुने गरेको छ। प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आ’लोच’ना भयो।

केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन लगाएर बेबी बम्प देखाउँदै गरेको तस्वीर सार्वजनिक भएपछि त्यसले त बहस नै खडा गरिदियो। तर, यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन। उनी, यो पलको मज्जा उठाइरहेकी छिन्।

प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन्। प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै लेखेका छन्– ‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर।’ आयुष्मानको यो जवाफ प्रियंकालाई ‘ट्रोल’ गर्नेहरुतिर लक्षित छ।

प्रतिकृया दिनुहोस्