Tuesday, September 28

तुइन घट’नाको अनुसन्धानका लागि दार्चुला हिँड्यो छानबिन टोली, यस्तो छ कार्ययोजना

August 2, 2021 125

दार्चुलामा भएको तुइन घट’नाको छानबिनका लागि गृहमन्त्रालयद्वारा गठित छानबिन टोली दार्चुला हिँडेको छ। भारतीय सुरक्षाकर्मी एसएसबीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घट’नाबारे अनुसन्धान गर्न उक्त छोली दार्चुला प्रस्थान गरेको हो।

छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ।

छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी काठमाडौंको टोली आज धनगढी बसेर भोलि दार्चुला आउने बताएकी छिन्। उक्त टोली पुगेपछि प्रारम्भिक छलफल हुने र अनुसन्धानमा अघि बढ्ने उनले जानकारी दिएकी छिन्। सहायक प्रजिअ जोशीका अनुसार प्रत्यक्षदर्शीसँग पनि छानविन टोलीले भेट्ने छ।

भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। सो घट’नाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए।

सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

प्रतिकृया दिनुहोस्