Monday, December 6

कर्णाली नदीमा बेपत्ता जोशी दम्पती अझै भेटिएनन्

August 2, 2021 85

गत शुक्रवार दिउँसो गाडी सहित कर्णाली नदीमा खसेर बेपत्ता भएका डडेल्धुराका जोशी दम्पती अझै फेला परेका छैनन् । उनीहरूको खोजीमा रहेको नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको गोताखोरहरूको टोलीले अहिले सम्म चन्द्र प्रसाद जोशी र उनकी पत्नी रुपी जोशीलाई फेला नपारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

‘क्षतविक्षत अवस्थामा गाडी भेटिएको छ,पानीको तीव्र बहाव र दुर्घट्नास्थल अत्यन्त जोखिमपूर्ण स्थानमा रहेकोले जोशी दम्पतीको अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ’प्रहरी उपरीक्षक अधिकारीले भने, गाडी भित्र पनि उनीहरू भेटिएनन्,बगेर गएको हुनसक्ने आशङ्का छ,खोजी कार्य जारी राखेका छौँ।’

गाडीमा सवार जोशी दम्पतीका दुई छोरी र एक छोरा गाडीबाट उछिट्टिएर भीरमा खसेको अवस्थामा भेटिएका थिए,गम्भीर अवस्थामा रहेका उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाको बगरकोट स्थायी घर भएका जोशी विगत डेढ दशकदेखि डोटीको आदर्श गाउँपालिका बस्दै आएका थिए ।उपचारका लागि सपरिवार कैलाली आएका उनीहरू घुम्नका लागि कैलालीको चिसापानी हुँदै कुईने गइरहेका थिए । बाटोमा अवरोध देखेपछि फर्किन गाडी घुमाउँदै गर्दा कर्णालीमा खसेको थियो ।

प्रतिकृया दिनुहोस्