Monday, January 17

फेरी सङ्क्रमणकै कारण अस्ताए यी बरिष्ठ नेता श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि अचानक निमोनिया बढेर निधन

August 2, 2021 153

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य बलराम थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार निधन भएको छ । तीन हप्ता अघि सङ्क्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि नवलपुरबाट हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भएको र वार्डमा सारिएको थियो ।

तर अचानक निमोनिया सङ्क्रमण बढेपछि अवस्था नाजुक बनेको थियो । थापाकाे निधनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताउनुभएकाे छ । यसैगरी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लाेहनीले पनि थापाकाे निधनले अविचलित राष्ट्रवादी यो द्धा गु माएको भन्दै दुख व्यक्त गर्नुभयाे । थापाको अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ । थापाका दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

प्रतिकृया दिनुहोस्