Thursday, October 21

‘श्रीपेच लगाउने टाउकोमा किन हेलमेट चाहियो’? पूर्व युवराज पारसबारे आयो यस्तो प्रतिक्रिया

August 1, 2021 78

पूर्वयुवराज पारस शाह र ट्राफिक प्रहरीबीच भएको विवाद अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले खिचेको भिडियो भाइरल भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि पारसको समर्थनमा आएका छन् । उनीहरुले श्रीपेच लगाउने टाउकोमा किन चाहियो हेलमेट? भन्दै पूर्व युवराज पारसबारे यस्तो प्रतिक्रिया दिएका छन् ।

शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाह र प्रहरीबीच विवाद भएको थियो । हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो । पारसले त्यसक्रममा प्रहरीलाई छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ ।

शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनले वि वा द गरेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए ।

हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाहले भने कुरालाई अगाडि बढाएको ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ। पूर्व युवराज पारसलाई प्रहरीले घर जानु होस् भनेको र पारस भने ‘जान्न, म जान्न, के गर्छस?’ भनिरहेको दावी गरिएको छ । तस्वीर: सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्