Tuesday, September 28

जब ठाँटका साथ रेशम चौधरी निर्वाचन कार्यालय पुगे ..

July 26, 2021 56

जनता समाजवादी पार्टीका नेता रेशम चौधरी जे ल मा छन् । टिकापुर घटनामा अदालतवाट दो षी सावित भएका कारण उनी जे ल परेका हुन् । तर सोमवार उनी सुरक्षा घेरामा बडो ठाँटका साथ निर्वाचन कार्यालय पुगेका छन् । जसपाको आधिकारिताको विषयमा विवाद भएपछि उनी सनाखतका लागि निर्वाचन कार्यालय पुगेका हुन् । डिल्लीबजारस्थित कारागारमा पार्टीको आधिकारिकताको लागि सनाखत गर्न नमानेपछि सांसद रेशम चौधरीलाई सुरक्षा घेराका साथ निर्वाचन आयोग पुर्‍याइएको छ।

गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि सांसाद चौधरीलाई डिल्लीबजार कारागारबाट आयोग पुर्‍याइएको हो। तर निकै कडा सुरक्षा ब्यवस्थाबीच निर्वाचन कार्यालय पुगेका उनी सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्।

आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्। जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका हुन्।

प्रतिकृया दिनुहोस्