Tuesday, September 28

बिजय शाहीले सारालाई झुक्काएर ठ,गे कै हो भन्दै बिजयले खुलाए बिश्वाश नै नलाग्ने रहस्य – भिडियो सहित

July 26, 2021 143

अमेरिकी लेखक एवं युट्युबर नेल्सन डेलिसले आफू नेपालका विजय शाहीबाट ठ,गिएकाे बताएका छन् । अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालीकाेटका युवा विजय शाही अरूलाई मू,र्ख बनाउने व्यक्ति भएकाे टिप्पणी गरेका छन् । आफ्नो अधिकारिक युट्युब च्यानलमा भिडियाे अपलाेड गरेका नेल्सनले भनेका छन्, ‘विजय शाहीबारे याे अ,न्तिम भिडियाे हाे । अबदेखि म उसकाे बारेमा कुनै भिडियाे बनाउने छैन ।’

आफूलाई मेमाेरी किङ दाबी गर्ने शाहीकाे अनुराेधपछि नेल्सनले केही दिनअघि उनकाे अन्तर्वार्तासहित स्मरण शक्तिकाे परीक्षा लिएका थिए । भिडियाे तयार हुँदासम्म शं,कारहित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्काे भिडियाे बनाएर शाहीलाई ‘फे,क’ भनेका हुन् । शाहीले नेल्सनसँग छ,लछाम गरेकाे भिडियाे नेपाली युट्युबरहरूले बनाएका थिए । पछिल्लाे भिडियाेमा नेल्सनले भनेका छन्, ‘भिडियाे खिच्दाखिच्दै मसँग शाहीले ठ,गी (स्क्या,म) गरे ।’

‘नेपाल एक सुन्दर देश हाे । यस्ताे ठ,ग्ने व्यक्ति नेपालले नपाउनुपर्थ्याे । विजय शाहीले नेपालीहरूलाई पनि मू,र्ख बनाएका छन्’, उनले भनेका छन्, ‘मलाई पनि उनले ठ,गे । अब उनीबारे कुनै चर्चा गर्ने वा भिडियो बनाउने काम गर्दिनँ ।’नेल्सनले नेपालमै आएर शाहीकाे परीक्षा लिएका थिए । त्यस क्रममा शाहीले आफूलाई कालीमाताको वरदान छ भनेका थिए । यसअघि कहिले गिनिज बुकमा नाम लेखाएको त कहिले नासा पुगेर आएको भन्दै शाहीले युट्युबरलाई अन्तर्वार्ता दिने गरेका थिए । यही बिषयमा सगरमाथा आरोही बिजय घिमिरेले आफ्नो बिचार राखेका छन हेरौ उनको बिचार

प्रतिकृया दिनुहोस्