Monday, December 6

‘माधव नेपाललाई मैले आम माफी दिन्छु भनेको छैन’

July 25, 2021 147

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई माफी दिने म को हुँ? भनि प्रश्न गरेका छन् । उनी आफू ब्यक्तिले नभै आवश्यक भएमा कारवाही गर्ने वा माफी दिने निकाय पार्टी भएको बताएका छन् । पार्टी अनुशासनविपरीत गतिविधि गर्ने जोसुकैलाई पनि कारवाही र माफी आफूले नभइ पार्टीले गर्ने उनको भनाइ रहेको थियो ।

आइतबार अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीप्रति जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अनुशासन विपरित गतिविधि गर्नेहरुलाई आफूले नभइ माफी दिए पार्टीले दिने समेत उनले स्पष्ट पारेका छन् ।

उनले एमाले एक जनाले बनाएको पार्टी नभएर सबैको बलिदानीवाट बनेको भएकाले पार्टी हितमा लाग्ने सबै अटाउने पनि बताए । उनले बैठकमा सम्बोधन गर्दै भने, त्यस्ता ब्यक्तिको पछि नलाग्नुस् पार्टीले माफी दिन्छ सच्चिएर आउनुस् । सबै कार्यकर्तालाई गम्भिर हुन र पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।

उनले पार्टी र मुलुक गम्भिर मोडमा पुगीकसेका कारण पार्टी विरोधी सष्डयन्त्र र भुमरीवाट बाहिर आउन आग्रह गरे । उनले भने, देशले तपाईहरुलाई स्वागत गर्छ । कार्यकर्ताले स्वागत गर्छ । कोही पनि जनताको घृणाको पात्र भएर नबस्नुस् । यस्ता अ प रा धलाई कहिल्यै स्वीकार्य मान्दैन ।

उनले नेपाल र उनको समुहले गरेको कृयाकलाप लोकतन्त्र र राष्र्टियता प्रतिको घात हो भन्ने स्मरण गराउँदै बाटो विराएर गएकाहरुलाई पनि ,पार्टीमा समाहित हुने आग्रह गरे । उनले अहिले राजनीतिक मुख्य विषय भएकाले त्यसतर्फ ध्यान दिन महिला नेतालाई पनि सचेत गराए । पार्टीका बारेमा भएका गलत प्रचार र षडयन्त्र विरुद्ध लाग्न निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्