Saturday, September 18

हाम्रा ४९ सांसदलाई मन्त्री चाहियो रे, म निकै मानसिक तनावमा छु : प्रचण्ड

July 25, 2021 50

नेपाली कांग्रेसका अध्यक्ष शेरवहादुर देउवा नेतृत्वको सरकार बनेपछि मन्त्रीपरिषद्ले पुर्णता पाएको छैन । गठबन्धनका पार्टीहरुको सहयोगमा प्रधानमन्त्री बनेका देउवालाई मन्त्रीपरिषद् विस्तार गर्नु फलामको चिउरा चपाउनु बराबर भएको छ । आफ्नै पार्टीका नेताहरुलाई उनले भाग मिलाउन सकेका छैनन् । यता अन्य गठबन्धन दलहरुमा पनि यस्तै अवस्था छ ।

माओवादी केन्द्रका अध्यक्षले त आफु निकै ठूलो तनावमा रहेको बताएका छन् । माओवादी केन्द्रले सरकारमा जाने निर्णय गरिसकेको छ । पार्टीको निर्णयसंग मन्त्री बन्न चाहनेहरुको लिष्ट निकै लामो छ । केही दिन अघि एक नेताले मन्त्री नपाए देह त्याग गर्छौ भन्दै चेतावनी दिएको कुरा फेसवुकमा लेखेका थिए ।

शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यस्तै अभिब्यक्ति दोहोर्याए । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले आफु निकै ठुलो समस्यामा रहेको बताए । उनले आफुलाई पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गरे ।

उनले भने–‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ ।

तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।’

प्रतिकृया दिनुहोस्