Sunday, September 19

श्रीमति भाँडा माझेर छोराछोरी पढाउने, श्रीमान् बिदेशमा अर्कै केटीसँग मस्ती गर्दै, रुँदै आइन् मिडियामा श्रीमति (भिडियो हेर्नुहोस्)

March 14, 2021 212

बिहे भएको २५ बर्ष भयो । श्रीमान् बिदेशमा छन् । श्रीमति नेपालमा भाँडा माझेर छोरो पढाइ रहेकी छिन् । तर कुवेतमा भएका पतिले एक् रुपैयाँ घरमा सहयोग गरेका छैनन् । उल्टै केटी लिएर बसेको भन्ने सुनिन्छ ।यस्तो खालको समस्या लिएर गोरखाकी शान्ता थापा यतिबेला रुँदै मिडियामा आएकी छिन् । उनी भन्छिन्, पति कुवेत गएको ६ बर्ष भयो, छोरो नै १२ बर्ष भै सक्यो । उनका पति राजेन्द्र बाबु थापा मगर फोन गर्ने तर पैसा नपठाउने गर्थे । अहिले भने सम्पर्क मै आएकै छैनन् ।शान्ता सानै देखि बिरामी थिइन् । बिहे गरेकै साल देखि मुखबाट र ग त आउँथ्यो ।

क्षयरोग भएको आशंकामा उनले टिवीको औ ष धी पनि लिइन् तर उनलाई ठीक भएन । पतिले आफन्तलाई फोन गरे पनि उनलाई सम्पर्क गर्न छोडे ।पति मगर भए पनि शान्ता शेर्पाकी छोरी हुन् । जति गरिब भएपनि आफ्नो काम आफै गर्नु पर्छ भन्ने उनलाई लाग्दथ्यो । तर पतिले सबै इमो, फेसबुक लगायत सबैतिर ब्ल क गरिदिएका रहेछन् । त्यसपछि उनको त पतिसँग सम्पर्कै हुन छोड्यो ।पति खोज्दै उनी काठमाण्डौं एम्बेसीमा समेत गइन् तर उनका पतिको पत्ता लागेन । तर उनका पतिसँग सम्पर्क हुनै सकेनन् । अहिले राशनको, घर भाडा, औ ष धी खाएको एक लाख भन्दा बढि ऋण भयो । उनलाई घरबेटी ले नै निकालीदिएपछि उनी अहिले झन समस्यामा छिन् । उनी पति आउन् र आफ्नो कुरा प्रष्ट राखुन् भन्ने चाहन्छिन् ।

प्रतिकृया दिनुहोस्