Wednesday, August 4

दुर्घटनापछि गायिका टिका सानुको यस्तो अवस्था भयो,पलपल रोईन, घर जान नपाउँदा आमाबुवा सम्झेर भक्कानिइन (भिडियो हेर्नुस)

July 21, 2021 85

दुर्घटनामा परेर बेड रेस्टमा रहेकी टिका सानु मिडियामा आएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै टिकाले आफ्नो हालको अवस्थाको बारेमा बताईन् । टिका यतिबेला आफ्नो दाई मानसिं खड्काको साथमा बसिरहेकी छिन् । आफ्नो कोठामा शौचालयको असहजताको कारण उनी दाईकोमा आएकी हुन् । एक हप्तादेखि आराम गरिरहँदा समय समयमा खुट्टाको पिडाले टिका रुन्छिन् । एक गीतको छायाँकनको क्रममा उनको खुट्टाको हड्डीमा समस्या आयो । लडेर उक्त समस्या भएपछि सुटिँग रोकियो र उनलाई अस्पताल लगियो ।

हाल टिका सानु युटुबमा गीतहरु हेर्दै र लेख्दै दिन काटिरहेकी छिन् । आफुले खेल्छु भनेर बाचा गरेका गीतहरुमा अभिनय गर्न नपाउँदा र कामको चापका बिच आफुलाई यस्तो समस्या हुँदा टिका पिडामा छिन् । अब फेरी चेकअप गरेर डाक्टरको सल्लाह अनुसार उनी रेष्टमा बस्नेछिन् । उनलाई लाग्छ, छिट्टै नै आफु काममा फर्कने अवस्था भने रहदैन । यस बिचमा आमा बुवालाई सम्झेर टिका धेरै भक्कानिईन् । उनले भनिन्, आमा बुवाको साह्रै याद आउँछ, फोनमा कुरा हुँदा हासेर बोल्छु, पिडा लुकाउँछु । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्