Tuesday, October 26

माओवादी केन्द्रबाट चुनाव जितेका ४ सांसदको घोषणा, बरु सांसद पद छोड्छौं, केपी ओली छोड्न सक्दैनौं

March 14, 2021 200

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा नेकपा एमालेकै केही सांसद तथा एक पार्टी पंक्ति लागिरहँदा लुम्बिनी प्रदेशका चार सांसदले भने केपी ओलीको साथ नछोड्ने घोषणा गरेका छन् । उनीहरुले बरु सांसद पद छोड्ने तर केपी ओलीको साथ नछोड्ने घोषणा गरेका हुन् ।पार्टी एकता अघि नेकपा माओवादी केन्द्रमा आवद्ध, पार्टी एकता पछि नेकपा रहेपनि अहिले नेकपा माओवादी केन्द्र र एमाले अलग अलग भएपछि एमालेमै रहन चाहेका सांसदमा गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी पनि एक हुन् ।

उनी गुल्मीमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा जितेका हुन् भने पन्थी गोकर्ण जत्तिकै लोकप्रिय नेता मानिन्छन् ।प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लुम्बिनी प्रदेशबाट साथ दिएका नेताहरुमा अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का तथा रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी छन् । उनीहरु चारै जना अहिले नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । यी चारै जना माओवादी केन्द्रबाट चुनाव जितेका हुन् । तर अब मन्त्री तथा सांसद पद नरहेपनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा रहने घोषणा गरेका थिए ।माओवादीले कारवाही प्रक्रिया अघि बढाएमा लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जान सक्छ । लुम्विनीकै नेता कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले पनि माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

एमालेमा लागेका केन्द्रीय सदस्य तथा सांसद न्यौपानेले पद अस्थायी कुरा भएकाले विचारका आधारमा आफूहरु एमालेमा लागेको बताए । उनले प्रचण्डमा अस्थिरता रहेको भन्दै माओवादी धाराको राजनीति असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्