Wednesday, August 4

खुमलटारमै पुगेर देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाका बारेमा लिए जानकारी

July 20, 2021 48

प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले सीताको अवस्था बुझ्न मंगलवार खुमलटार पुगेका हुन् ।

लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेका थिए । प्रधानमन्त्रीज्यू म्याडम (प्रचण्डपत्नी सीता दाहाल)को स्वास्थ्य अवस्था बुझ्न र उहाँलाई भेट्न आउनुभएको हो,प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिँदै भने ।

सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही समयअघि भारत लगेर उपचार गरिए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन । केही दिन अघि प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेत्र विक्रम चन्द विप्लवले पनि सीतालाई भेटेका थिए । द्ध न्द्ध कालमा प्रचण्डसंगै रहेका विप्लवलाई सीताले निकै माया गर्थिन । विप्लवलाई देखेर सीताले आँशु झारेकी थिइन् । सीताको आँखामा आँशु देखेर विप्लव पनि भावुक भएका थिए ।

प्रतिकृया दिनुहोस्