Tuesday, September 28

केपी ओलीका बिश्वास पात्र प्रेम आलेले यसकारण दिएछन् धोका, एकाएक शेरबहादुरलाई भोट हालेपछि सबै छक्क

July 20, 2021 103

नेकपा एमालेभित्र अहिले ओलीको क्याम्प छोडेर शेरबहादुर देउवालाई बिश्वासको मत दिने आठ सांसदको चर्चा छ । त्यो भन्दा धेरै चर्चा प्रेमबहादुर आलेको छ । उनी पूर्व वन मन्त्री समेत रहेका नेता तथा डोटीबाट चुनाव जितेका सांसद हुन् । पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि भीम रावल कार्यदलमा सक्रिय भएर पार्टी विवाद समाधानको लागि लागिपरेका थिए । तर रावल ओलीसँगै लहसिए र पार्टी कार्यवाहक अध्यक्ष बन्ने लोभमा कित्ता नै परिवर्तन गरे ।

रावलको अस्वभाविक युटर्न देखेर नेता नेपालले पनि गठबन्धनका नेताहरुलाई रावलले धोका दिएपनि आफूसँग ओली पक्षधर केही सांसदहरु आउने दाबी गरेका थिए । नभन्दै देउवालाई विश्वासको मत दिने बेला ओली पक्षधर ८ जना सांसदले माधव नेपाललाई साथ दिएका थिए । यी ८ जनामध्ये प्रेम आलेले देउवालाई विश्वासको मत दिएको विषयले तरंग पैदा भएको छ । आले सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । उनी डोटीका सांसद हुन् ।

आलेलाई सांसद बनाउनमा नेता नेपालको ठूलो हात छ । उनी नेपाल पक्षकै सांसद थिए । तर, सुदुरपश्चिममा भीम रावलको हालीमुहाली भएपछि उनले नेपाललाई छोडेर अध्यक्ष ओलीसँग लाईन मिलाएका थिए । नभन्दै उनी ओली सरकारमा वनमन्त्री पनि भए । अहिले ओलीसँग रावल नजिकिएपछि उनले ओलीको साथ छोडेको चर्चा चलेको छ । कतिसम्म भने नेपाल पक्ष पनि वर्तमान सरकारमा सहभागी भए आलेलाई पनि मन्त्री बनाईने चर्चा रहेको समाचार रिपोटर्स नेपालमा छ ।

प्रतिकृया दिनुहोस्