Thursday, October 21

रामकुमारी झाँक्री भन्छिन्, ‘हामी देउवालाई विश्वासको मत दिन्छौं’

July 18, 2021 76

आइतवार प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिँदैछन् । यता संसद सचिवालयमा विश्वासको मत लिनेवारे निवेदन दर्ता भएपछि यता नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालको निवासमा उनी निकट सांसदहरुको बैठक बसेको छ । देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय गर्न बैठक बसेको हो ।

यसै सन्दर्भमा एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । उनले संसद बचाउनुकै लागि आफुहरुले विश्वासको मत दिने बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा पटक पटक संसद विघटन गरेर जनमतको कदर नगरेका कारण संसद बचाउनकै लागि आफुहरुले देउवालाई विश्वासको मत दिन लागेकोब बताएकी छन् ।

उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिने भन्ने हुन्छ ।’ उनले संविधानको धारा ७६(५) पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यवाधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्