Friday, June 25

काका, काकी भन्दै पसलमा आउने केटिसंग श्रीमानले गरे बिवाह, गर्भवती बनाएर बच्चा जन्माउँन आफैले काम गर्ने शिक्षण अस्पताल महाराजगंजमा पुगेपछि..(भिडियो)

March 14, 2021 174

यो युवती काका काकी भन्दै घरमा आउँथिन उनी युवती आफ्नो श्रीमानको कान्छी श्रीमती हो भन्ने थाहा पाउँदा महिला छाँगावाट खसे जस्तो भएकी छन् । अहिले उनै युवतीले आफ्नो श्रीमानको सन्तानलाई जन्म पनि दिएकी छन् । ति युवती श्रीमानको उमेर भन्दा निकै सानो उमेर छ । सुरुमा पहिला घरमै काका काकी भन्दै आउँथिन् । त्यसैले उनले शंका नै गरिनन् ।छोरीले भने पहिला भने शंका गरेको पनि थिइन् । तर छोरीले आमालाई केही भनिनन् । छोरीले ति युवतीलाई तपाई किन मेरो ड्याडी भएको बेलामा मात्र किन आउनुहुन्छ ? म ममीलाई भन्दिन्छु भनेर छोरीले उसलाई भनेकी रहिछ, महिलाले भनिन् ।

अहिले ति महिला काम गर्ने शिक्षण अस्पताल महाराजगंजमा ति युवतीले बच्चा जन्माएकी छन् ।श्रीमानलाई यस बारेमा प्रश्न गर्दा तँ जहाँ गएर उ जु री दिएपनि दे, तर त्यसको प्रमाण नभएपछि मलाई केही गर्न सक्दिनस् भनेर आफुलाई श्रीमानले चेतावनी दिएको बताइन् । चार वर्ष देखि श्रीमानसंग सम्बन्ध विग्रिएको थियो । १४ वर्षको किशोरी अवस्थामै रहेको बेलामा ति युवतीसंग श्रीमान नजिक भएका थिए । तर अहिले चार वर्ष पछि उही किशोरीसंग विवाह गरेर सन्तान पनि जन्माएको आफुले थाहा पाएको बताइन् ।

ति किशोरीलाई छोराछोरी पनि छ भन्ने थहा हुँदाहुँदै दोस्रो श्रीमती बनेर आइन् । अहिले माइती र घर कसैले पनि सहयोग नगर्दा दुई छोराछोरी र आफ्नो ज्या न कसरी पाल्ने भन्ने चिन्ता छ । बुवाले ४ वर्ष देखि नै हेर्न छोडेपछि छोराछोरीको पढाइ पनि विग्रिएको छ । घरमा सासु ससुराले पनि घरवाट निकाल्न खोजे पछि सहारा बिहिन भएकी महिला मिडियाको सहारामा आएकी हुन् । उनले आफ्ना छोराछोरीको भविष्य हेरिदिनुपर्ने माग गरेकी छन् । १३ र ११ वर्षका छोराछोरीको भविष्यको चिन्ता उनलाई छ ।

प्रतिकृया दिनुहोस्