Thursday, October 21

राउटे सम्झनाका बारेमा कसले फैलायो यस्तो गलत हल्ला ?

July 18, 2021 97

युट्युवमा जिउँदो मानिसलाई पनि अस्ताइन् भन्ने शिर्षक राखेर भ्रम सिर्जना गरिएको भन्दै त्यस्ता युट्युव च्यानललाई कारवाहीको माग गरिएको छ । राउटे​ युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर एउटा युट्युव च्यानले भिडियो सामग्री सार्वजनिक गरेको थियो ।

जिवित मानिसलाई पनि गलत अर्थ लाग्ने शिर्षक राखेर भ्रभ छरेको भन्दै राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ। प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गर्न नपाईने भन्दै प्रतिष्ठानले कानुन अनुसार कारवाहीको माग गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले विज्ञप्ती जारी गर्दै यस्तो माग राखेकी छन् । उनले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रह समेत गरेकी छन् ।

पत्रमा भनिएको छ,‘ नेपाल खबर नामक एक युट्युव च्यानलले ‘‘ अस्ताइन् सम्झना–’ शीर्षक राखेर गलत कुराको प्रचार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन् भएको छ।’

खड्काले भनिन्, ‘जंगलमा घुमन्ते राउटे समुदायका चेलीहरूलाई बारम्बार चरित्र ह र ण गर्ने खालका कार्य गर्ने र गराउने प्रविधिलाई रोक्ने प्रयास भईरहेको छ। त्यसका लागि लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका कर्णाली प्रदेश सदस्य वसन्ता दाहाल सहित नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन् ।’ यद्यपि, राउटे युवती सम्झनाको पुरानो तस्वीरको प्रयोग गरेर गलत प्रचार गरिएको छ। उक्त, युट्युव च्यानलको मेन हेडलाईन ‘ अल विदा सम्झना राउटे’ भनिएको छ ।

प्रतिकृया दिनुहोस्