Saturday, September 18

अस्ताए यी एमाले नेता, जसको मृत्यु नै अचम्मको तरिकाले भयो

July 17, 2021 86

नेपालीमा एउटा भनाई छ मानिसको दिन आयो भने बाकसमा लुकेपनि छोड्दैन । नभन्दै काल कहाँ हुन्छ भन्ने केही थाहा नहुने रहेछ । पाँचथरमा पानी पिउँदा सर्किएर एक एमाले नेताको निधन भएको छ । शनिबार बिहान फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापोको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटिका सदस्य चन्द्रकुमार तुम्बापोको पानी सर्केर निधन भएको हो ।

खानासँगै पानी पिउने हुँदा सर्किएर तुम्बापो सिकिस्त विरामी परेका थिए । तुम्बापोलाई पानी सर्केपछि निरन्तर खोकी लागेको थियो । उपचारार्थ पाँचथर अस्पताल ल्याई पुर्‍याउँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बापोको निधन पछि उनको पार्टी र स्थानियले शोक ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्