Wednesday, August 4

गायिका टिका सानु लडेर गम्भीर घाइते

July 16, 2021 72

लोक तथा दोहोरी गायिका टिका सानु घाइते भएकी छन् । गीतको भिडिओ निर्माणका क्रममा लडेर उनी गम्भीर घाइते भएकी हुन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।“जिन्दगीमा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुराहरू हुँदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिड्दा हिड्दै लडेर खुट्टा फ्याक्चर भएको छ ।

चाडै काममा फर्किन सक्दिन होला ।” सामाजिक सञ्जाल फेसबुकमा उनले अस्पतालमा उपचार गराइरहेको २ वटा तस्बिर राख्दै लेखेकी छिन् । अहिले उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । डाक्टरले निको हुनेको लागि २ देखि ३ हप्ता लागेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्