Saturday, September 25

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसकारण बधाई तथा शुभकामना नदिने

July 15, 2021 397

मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल बधाई तथा शुभकामना नदिने बुझिएको छ । नियम अनुसार पदभार ग्रहण गरेका देउवाले एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रवाधान भएकाले देउवाले विश्वासको मत पाएपछि मात्र मोदीले बधाई तथा शुभकामना दिने जनाइएको छ ।

हिजो मात्रै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भनेर देउवा निवास मै गई बधाई तथा शुधकामना दिएका थिए । स्रोतका अनुसार मोदी देउवाको वश्वासको मतमा पखाईमा छन् । स्रोतका अनुसार आज भारतीय विदेशमन्त्री एस। जयशंकरले प्रधानमन्त्री देउवालाई फोनमार्फत बधाई दिने जनाइएको छ । देउवा सर्वोच्चको परमादेश पछि पाँचौ पटक प्रधानमन्त्री भएका हुन् ।

प्रतिकृया दिनुहोस्