Saturday, September 18

आफ्नो नीजि निवास पुगेका ओलीले बार्दलीमा उभिएर सर्वोच्च अदालत र माधव नेपाललाई दिए यस्तो चेतावनी

July 14, 2021 88

सोमवार सर्वोच्चको फैसलावाट प्रधानमन्त्री पद गुमाएर बुधवार वालुवाटार छोडेर नीजि निवास पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाल्कोट स्थित आफ्नो घरको वार्दलीमा उभिएर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् । उनले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि चेतावनी दिएका छन् ।

उनले नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको चेतावनी पनि दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बुधवार निजी निवास बालकोट पुगेका हुन् । उनलाई युवासंघका युवाहरुले स्कटिङ गरेका थिए । आफ्नै पार्टी भित्रको विवादका कारण प्रधानमन्त्री पद गुमाउनु परेका कारण उनी नेता नेपाल प्रति निकै कठोर देखिएका छन् । ओलीले माधव नेपालले पार्टीभित्र आत्मालोचना गर्ने कुनै ठाउँ नै नराखेको बताए ।

निजी निवासमा ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बानी नरहेको बताए ।उनले भने, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ माललाई अवस्था भविश्यले निर्धारण गर्ला । अरु साथीहरूको हकमा पार्टीमा काम सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’

प्रतिकृया दिनुहोस्