Friday, January 21

हाँस्यकलाकार दीपकराज गिरीको पोष्ट भाईरल, भने- कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्

July 13, 2021 100

सर्वाेच्च अदालतको पछिल्लो फैसलाले देशको राजनीति मात्र हैन सामाजिक सञ्जाल समेत पुरै तातिएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरे पछि आज राजनीतिक बृतमा भुँईचालो नै गएको छ भने सामाजिक सञ्जालमा स्टाटस र ब्यंगको पहिरो नै खसेको छ ।

अदालतले आदेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश दिएको छ । यो कुराले सबैतिर हल्लिएको छ । देउवा सहित देउवाका ज्योतिषीलाई समेत बधाईको ओइरो आईरहेको छ । यहि बिषयवस्तुलाई नेपालका चल्तिका कमेडियन तथा अभिनेता दीपकराज गिरीले पनि ट्वीटर मार्फत नेताहरुलाई दह्रै दनक दिएका छन् ।

उनी देशका जल्दा बल्दा बिषयवस्तुमा आफ्ना ब्यंगका बाँणहरु छोड्न एकदमै माहिर छन् । त्यसैले उनले ४ बर्ष लगाएर कस्तो संबिधान बनाएछन् भन्दै झट्टारो हानेका छन् । उनले लेखेका छन् राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’ उनले अदालत सहित दलका नेताहरुलाई मिठो प्रहार गरेका छन् ।

प्रतिकृया दिनुहोस्