Saturday, September 18

घरको प्रत्येक तलामा चावी लगाइएको छ भने घरको मुल गेटमा पनि भित्रवाट साँचो तर घर बाहिर कसरी पुग्यो शव ?

July 12, 2021 267

झापाको बिर्तामोडमा सोमवार बिहान आफ्नै डेरा अगाडि युवती मृ त फेला परेको घटना रहस्यम देखिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव अर्धन ग्न अ व स्थामा फेला परेको हो ।

उनी आमा दाई भाउजुसंग भाडाको कोठामा बस्दै आएकी थिइन् । घरको चौथो तलामा बस्ने युवतीको शव कसरी कोठाकै तल अर्धन ग्न अवस्थामा ल्याइयो भन्ने आशंका प्रहरीलाई उब्जाएको छ । उनी बसेको प्रत्येक तलामा चावी लगाइएको छ भने घरको मुल गेटमा पनि भित्रवाट साँचो लागेको छ । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भि त्रि क प डा मात्रै छ । पे न्टी घोँ डा मा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तर युवतीको शव भने उनी बसेको कोठाको तल बाहिर अर्धन ग्न अवस्थामा फेला परेको हो । घटना निकै रहस्यम देखिएपछि प्रहरीले कुकुरको सहायतामा अनुसन्धान थालेको छ । अनुसन्धानका लागि झापा प्रहरीले कुकुर मगाएर अनुसन्धान थालेको हो । कुकुरसँगै चिकित्सकले समेत घटनास्थलको अध्ययन गरेका छन् ।

युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले अनुसन्धान समेत थालेको छ । सो कुकुर युवती बस्दै आएको घरभित्रै छिरेको छ ।

धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले शवमा सुँगेर घरभित्रै पसेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीलाई अनुसन्धानमा सहयताका लागि ल्याइएको कुकुर घर छिरेपछि अनुसन्धान अब घरभित्रै तर्फ मोडिएको छ । अनुसन्धानमा खटिएका एक प्हरीले भने, कुकुर घरभित्र पसेपछि अनुसन्धान घरभित्रै थालिनेछ ।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ । बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यै कोठको मुनी फेला परेकी छन् । सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्