Friday, June 25

योगेश र ईश्वर पोखरेलको जम्काभेट हुँदा देखियो यस्तो अफ्ठेरो दृश्य, एक अर्कासँग बोल्दै बोलेनन्, हेरे कर्के आँखाले (भिडियो सहित)

March 13, 2021 168

संघीय संसदका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सभामुख, मन्त्री तथा सांसदहरुको लागि बुधबार देखि शुरु भएको खोप अभियानमा ४ सय भन्दा बढीले एकैदिन खोप लगाएका छन्।संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।संसद सचिवालयमा कार्यरत हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, इश्वर पोख्रेल, योगेश भट्टराई सहित १६५ जना संघीय संसदका सांसद, मन्त्री र पूर्व मन्त्रीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

यस्तै बुधबार खोप लगाउनेमा ३१७ जना संसद सचिवालयका कर्मचारीहरु पनि रहेका छन्।बुधबार बिहान १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म खोप कार्यक्रम संचालन भएको थियो । सांसद तथा संसदका कर्मचारीका लागि शुक्रबारसम्म खोप कार्यक्रम जारी रहनेछ ।सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका थिए । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।

संघीय संसदका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सभामुख, मन्त्री तथा सांसदहरुको लागि बुधबार देखि शुरु भएको खोप अभियानमा ४ सय भन्दा बढीले एकैदिन खोप लगाएका छन्।संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।संसद सचिवालयमा कार्यरत हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, इश्वर पोख्रेल, योगेश भट्टराई सहित १६५ जना संघीय संसदका सांसद, मन्त्री र पूर्व मन्त्रीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । यस्तै बुधबार खोप लगाउनेमा ३१७ जना संसद सचिवालयका कर्मचारीहरु पनि रहेका छन्।

बुधबार बिहान १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म खोप कार्यक्रम संचालन भएको थियो । सांसद तथा संसदका कर्मचारीका लागि शुक्रबारसम्म खोप कार्यक्रम जारी रहनेछ ।सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका थिए । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीको राजनीतिक सङ्क्रमणबारे सोधेको प्रश्नमा उहाँले सर्वाेच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने, “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग¥यो, न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूूर्ण हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुुन्छ ।”त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले अन्तर्राष्ट्रिय समुुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिए ।

उनले भने, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुुभव भएन । घो चिएको पनि अनुुभव हुुँदो रहेनछ । आतिन पर्ने अवस्था छैन । खोप लगाउनुु प¥यो, स्वथ्य हुन प¥यो ।”पूूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वाेच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, “फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसद्मार्फत राजनीतिक दलले गर्छन् ।”

प्रधानमन्त्री ओली समूहका नेतासमेत उपप्रधानमन्त्री पोखरेल मध्याह्न १२ बजे भ्याक्सिन लगाउन अस्पताल पुगेका थिए । खोप लगाउँदा ठट्टा गरिरहेका पोखरेलले खोप लगाएपछि दौरा मिलाउने क्रममा सोधे, ‘अनि को–को आउनुभयो त आज ?’ जवाफमा स्वास्थ्यकर्मी तथा कर्मचारीले भने, ‘माधव नेपाल आउनुभयो, प्रचण्ड पनि आउनुभयो ।’यसै क्रममा पोखरेलले भने, ‘उहाँको त कन्फर्टेबल ढंगले नै भो होला हैन ? त्यसपछि सञ्चारकर्मीले पनि सोधिहाले, ‘मन्त्रीज्यूलाई कत्तिको कन्फर्टेबल भयो ? जवाफमा उनले भने, ‘मलाई त उहाँको कन्फर्टेबल भन्दा राम्रो भयो ।’रातो पाटीका अनुसार खोप लगाएपछि मन्त्री पोखरेल आराम गर्ने टेन्टभित्र छिरे । जहाँ अन्य सांसदसँगै नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई बसेका थिए ।

उनी बसे सँगैको कुर्सीमात्र खाली भएका कारण पोखरेलपनि सोही कुर्सीमा आरामका लागि बस्न पुगे ।प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रीबाट राजीनामा गरेका योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री भेटभएपछि केही कुराकानी हुन्छ कि ? प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा पार्टीको दुई खेमामा बाँडिएका दुई नेताको भेटमा कुनै अनौपचारिक भलाकुसारी होला कि भन्ने जिज्ञासाका साथ सञ्चारकर्मीहरूले उनीहरुतिर क्यामेरा सोझ्याइरहेका थिए । तर झन्डै २० मिनेट वल्लो–पल्लो कुर्सीमा बसेका दुई नेताबीच कुनै संवाद भएन ।

सँगै जोडिएको कुर्सीमा बसेपनि दुबैको हेराइको दिशा फरक थियो । दुवैजना असहज मानिरहेका थिए । स्वास्थ्यकर्मीले खोप लगाएपछि आधा घण्टा आराम गर्न भनेपनि उपप्रधानमन्त्री पोखरेल समय बिताउने बहाना खोजिरहेका थिए । एकछिन उनले खोप लगाएको कार्ड हेरे र कसैलाई फोन गरेर आफूले कोरोनाविरुद्धको भ्याक्सिन लगाएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस्