Thursday, October 21

सुजिता भण्डारी प्रकरण : चितवनका एसपी अधिकारीको खुलासा, बास्तबिकता चाडै बाहिर आउँछ (भिडियो सहित)

July 8, 2021 88

चितवनकी सुजीता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ । तर त्यो रिपोर्टले थप अन्यौलता बढाएको छ । पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण खुल्न सकेन । उनले आफै यस्तो निर्णय लिइन् वा उनको मृत्युमा अरु कसैको हात छ भन्ने कुरा पोष्टमार्टम रिपोर्टमा नदेखिएको हो । चिवतनको एक सामुदायिक वनमा उनको शव फेला परेपछि पोष्टमार्टमका लागि त्रिवि क्षिण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

पोष्टमार्टममा संलग्न चिकित्सकले रिपोर्टमा उनको घटनाको कारण यहि नै हो भन्ने प्रमाण दिने खालको कुनै संकेत नदेखिएको जनाएका छन् । उनको शरिरको भित्र र वाहिर कुनै चो ट दे खिएको छैन । पाठेघर खाली छ भने योनीमा पनि कुनै घाउ छैन । त्यसैले जवरजस्तीको कुनै संकेत पनि देखिएको छैन ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रसाद अधिकारीले सुजिता भण्डारी प्रकरणको अनुसन्धान अगाडी बढीसकेकोले छिटै त्यसले पुर्णता पाउने बताएका छन् । हराएकी सुजिताको श ब भेटिएपछि उनको आ त्मह त्या वा ह त्या बारे पोष्र्ट मा र्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने उनले बताए । एसपी अधिकारीले पोष्टमार्टमको लागी श ब काठमाण्डौं पठाईएकोले छिटै त्यसको रिपोर्टआउने बताएका छन् । हेर्नुहोस् उनीसंग गरिएको कुराकानी

प्रतिकृया दिनुहोस्