Wednesday, June 16

ओलीसंग आजित भएपछि, नेपाली कांग्रेसले गर्यो माधव नेपाललाई प्रधानमन्त्रीको अफर, यस्तो छ सर्त

March 13, 2021 141

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमवाट उनकै पार्टीका माधव नेपाल समुह मात्र होइन प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता समेत हैरान भएका छन् । ओलीले एकाएक सरप्राइज दिन थालेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ ।नेपाली कांग्रेसले अब सरकारको नेतृत्व आफै गर्नुपर्ने निष्कर्षमा पुगेको छ । यता कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नेकपा एमाले फुटाएर आएमा माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बनाउन सघाउने दाबी गरेका छन् ।

कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीको अफर आउँदा ठोस कदम चाल्न नसकेपछि कांग्रेसले नेपाललाई सघाउने विषयमा छलफल सुरु गरेको जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई पेलेरै जाने देखिएको भन्दै खतिवडाले ४० प्रतिशत सांसद फुटाएर आउनसके माधव नेपाललाई प्रधानमन्त्री मान्नेबारे कांग्रेसका नेताहरुबीच छलफल चलेको बताए ।माधवले ४० प्रतिशत आफ्नो पक्षमा पार्न सके पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिने उनले बताएका छन् ।

प्रधानमन्त्रीको यस्ता कदमले मुलुक अर्लि इलेक्सनतिर जाने देखिएको उनको भनाई छ ।माओवादीसङ्ग तीन बर्षको सहकार्यवीच दुई पार्टीका अध्यक्षले सुस्त बनाएको र २३ गते अदालतको आदेशमा ब्युँतिएको एमालेमा नयाँ नयाँ फण्डा शुरु भएको छ । माधव(खनाल खेमालाई पूरै बाहिर राखेर ओली पक्षले एकलौटी निर्णय गरेको छ । बाधा अड्काउ फुकाउको नाममा प्रधानमन्त्री ओलीको उमेरलाई ध्यानमा राखेर ७० वर्षको हद म्याद समेत हटाएको छ भने नेपाल पक्षका सबै पद खोसेको छ ।

प्रतिकृया दिनुहोस्