Thursday, October 21

अपह,रणमा परेको भनेकी सुजिताको श,ब यती टाढा पहाडको जंगल कसरी भेटियो ? आफन्त च,कित (भिडियो सहित)

July 5, 2021 104

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

भण्डारीको अ’पह’रण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’पह’रण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अ’पह’रित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बे’पत्ता भएपछि फिराैती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रतिकृया दिनुहोस्