Saturday, September 25

ज्वाला संग्रौला पक्राउ घटनामा के गर्दैछ प्रहरी ? थप एक जना पक्राउ

July 5, 2021 88

विभिन्न आरोपमा पक्राउ परेकी ज्वाला संग्रौला घटनाको अनुसन्धान अझै सकिएको छैन । उनी विरुद्ध प्रहरीले ३ अभियोग लगाएको छ । पछिल्लो पटक नेकपा एमाले निकट विद्यार्थी संगठनकी नेता खुस्बु घिमिरेसंगको विवाद पछि ज्वाला सहित उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवा पनि पक्राउ परेका थिए ।

खुश्वुले ज्वालाको समुहले आफुलाई हात पात गरेको अभियोग लगाएकी थिइन् । त्यसवाहेक खुश्वुको समुहले एक ट्राफिक प्रहरी अधिकारीलाई रंगभेदी अभिब्यक्ति दिएको भिडियो पनि सार्वजनिक भएको थियो ।

ति प्रहरीले पनि ज्वाला र उनको समुह विरुद्ध उजुरी दिएका थिए । त्यस पछि अनुसन्धानका क्रममा ज्वालाले सरकारी कागज किर्ते गरेको समेत फेला परेको छ । यि तीन घटनामा उनी र उनको समुह माथि अहिले अनुसन्धान भइरहेको छ ।

सुरुमा उनीविरुद्ध अ भ द्र व्यवहारमा प्रहरीले मु द्दा दर्ता गरे पनि उनले विवाह र जन्मदर्ताको कागजमा किर्ते गरेको पाइए पछि घटना थप पेचिलो बनेको छ । उनीसहित पक्राउ परेका तीनै जनाविरुद्ध चौथोपटक अदालतवाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ज्वाला र उनको समुह विरुद्ध महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाले पनि उजुरी दिएका हुन् । सोही घटनामा सम्पर्क विहिन रहेका भनिएका दोलखाका यमबहादुर खड्कालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।ज्वाला जापान जानुअघि खुश्बुकै घरमा डेरामा बसेकी थिइन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनीहरु एकार्काविरुद्ध आ गो ओकलीरहेका थिए ।

प्रतिकृया दिनुहोस्