Tuesday, September 28

शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रूपा सुनारले दिइन् सर्वोच्चमा रिट

July 4, 2021 37

जातिय विभेदलाई बढावा दिएको भन्दै आलोचना पाइरहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध रुपा सुनार अदालत पुगेकी छन् । उनलाई मन्त्रीवाट बर्खास्त गर्न माग गर्दै रुपाले अदालतमा रिट दिएकी छन् । उनले श्रेष्ठलाई पदबाट हटाइ कारवाही गर्न माग राखेकी छन् । श्रेष्ठले रुपालाई जातिय विभेद गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई झण्डा हल्लाउँदै मन्त्रीकै गाडीमा लिफ्ट दिएर प्रहरी कार्यालयवाट घर ल्याएका थिए ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई लिफ्ट दिएको भन्दै आलोचना भइरहेको थियो । उनले सोही विषयलाई मु द्दा बनाएर अदालतमा रिट दायर गरेकी हुन् । प्रहरीको अनुसन्धानलाई समेत मन्त्रीको यस्तो कृयाकलापले असर गरेकाले उनलाई मन्त्रीवाट हटाउन माग गरिएको छ ।

दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि रूपाले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो । उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए ।

प्रतिकृया दिनुहोस्