Saturday, September 25

जनता निराश छन् भन्दै जन्मदिन नमनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरे यस्तो विज्ञप्ति

July 3, 2021 117

खोप र उपचार पाउन नसकेर जनता निराश भएको बेला आफूले जन्मदिन नमनाउने उद्घोष उहाँले गर्नुभएको हो । शाहद्धारा जारी विज्ञप्तिमा जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको कुरा उल्लेख छ ।

शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताएका हुन्।शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नपाएको बताए। ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ’ ।

शाहले जारी विज्ञप्तिमा भनेका छन्, ‘आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइरहेको छ।’ शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताउनु भएको हो ।

प्रतिकृया दिनुहोस्