Monday, June 14

प्रचण्डको योजनामा माधवले चाल्न खोजेको यो कदम ओलीले थाहा पाएर उतिबेलै पारिदिए चकनाचुर !

March 13, 2021 101

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई एमालेमै फिर्ता पठाउनुको रहस्य खोलिदिनु भएको छ । एमालेमा आएको केही दिनमै गुटको भेला जारी राख्नु भएका नेता नेपाललाई दुई वटा म्यान्डेट दिएर पठाएको बताउनु भएको हो ।प्रचण्डका अनुसार नेपाल समुहले सके एमाले क ब्जा गर्ने नभए वि द्रोह गर्ने बताउनु भयो । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिनुभयो ।

‘फेरि एकतातिर लैजानुपर्छ भन्ने भएकाले पूर्व एमालेका जिम्मेवार कमरेडहरु फर्किएर एमालेमा जान्नौं भन्नुभयो भने हेडक्वाटरसँग सल्लाह गरेर मात्र टुंग्याउनुहोला ।’उहाले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गर्नुभयो । ‘या त माधवजीहरुले छिट्टै एमाले क ब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘होइन भने माधवजीहरुले वि द्रोह गर्ने स्थिति बन्छ ।’ माधव नेपालहरुले एमालेबाट वि द्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उहाको भनाई छ । उहाले सरकारलाई समर्थन दिएको फिर्ता नलिनु चाहेको कारण पनि खुलाउनु भयो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिए निर्वाचन हुने र हार्ने भय रहेको घुमाउरो तरिकाले भन्नुभयो । ‘हामीले समर्थन फिर्ता लिने बित्तिकै उनले(केपी शर्मा ओलीले) विश्वासको मत लिनुपर्ने बाध्यता आउँछु, प्रचण्डले भन्नुभयो, ‘हामी नेपाली कांग्रेस र जसपासँग र नेकपा एमाले भित्रै पनि माधवजीहरूसँग सल्लाह गरेरमात्र समर्थन फिर्त लिने पक्षमा छौं। सबैसँग एउटा समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ। त्यसो नगरी समर्थन फिर्ता लिए अप्ठ्यारो स्थिति आउँछ ।’प्रचण्डको योजनामा माधवले चाल्न सक्ने त्यो कदमको सुइँको पाएपछि ओलीले गरेका थिए यस्तो निर्णय

प्रतिकृया दिनुहोस्