Tuesday, September 28

बिहेको दिनमा सुनका गहना र लुगा लगाएर ठिक्क परेकी बेहुली ब्युटी पार्लर जान्छु भनेर फरार, अंकल भनेर चिनाएका मान्छे पनि नक्कली (भिडियो हेर्नुस्)

June 29, 2021 260

नवलपुरको गैडाकोटमा अनौठो घटना भएको छ । एक जना पुरुष इश्वरी प्रसाद अर्याल असारको ५ गते विवाह गर्ने भनेर पुरा तयारीमा थिए । उनको त्यो दोस्रो विवाह हुँदै थियो । उनको पहिलो विवाह विग्रिए पछि इश्वरीले दोस्रो विवाह गर्न लागेका थिए । विवाहको पुरै तयारी भयो, बेहुलीका लागि सुनका गहना सबै किनियो । वेहुली बन्ने युवतीले सबै सबै गहना लगाइन् । अनि उनी माइत जान्छु भनेर घरभित्र गइन् । तर धेरै बेरमा पनि उनी बाहिर आइनन् ।

त्यसपछि उनले युवतीलाई फोन गरे । आफुलाई सलिना खनाल नाम बताउने २८ वर्षकी महिलाले म बेहुली बन्न व्युटी पार्लरमा छु भनिन् । तर धेरै बेर सम्म पनि उनी फर्किइनन् । उनले फेरी फोन गरे । त्यतीबेला उनको फोन अफ भएको थियो । अहिले सम्म उनी फेला परेकी छैनन् । इश्वरीले हुनेवाला श्रीमती सलिनाका लागि भनेर विवाहका दिन लगाउन आफ्ना छिमेकी र आफन्तका गहना मागेर ल्याएका थिए ।

इश्वर विदेशमा थिए । उनको एक जना चिनेको भाउजुले विवाहको कुरा गरेर सलिनासंग भेट गराइदिइन् । इश्वरी नेपाल फर्केपछि भाउजुले युवतीलाइ लिएर आइन् । सलिना खनालले आफ्नो घर गोरखा भनेर बताएकी थिइन् । भाउजुले विवाहको प्रस्ताव राखेपछि परिवारका सदस्यसंग सोधेर मात्र गर्छु भने त्यसपछि उनले परिवारका सदस्यसंग पनि विवाहको कुरा गरेपछि परिवारले पनि स्वीकृति दिएपछि उनले विवाहको तयारी गरेका थिए ।

दुई छोरी सानै भएका कारण उनले पहिलो श्रीमतीले छोडेर गएपछि उनले विवाहका बारेमा सोचेनन् । इश्वरी नेपाल आउदै छन् भन्ने थाहा पाएपछि सलिना घरमै गएर इश्वरीको छोरीहरुसंग खेल्ने, माया गर्ने गर्थिन । उनले आफ्नो बुवाआमा कोही नभएको बताएकी थिइन् । उनले एक जना सानोवुवा भनेर चिनाएकी थिइन् । घरमा हजुरआमा मात्र हुनुहुन्छ भनेर सुनाएकी थिइन् । हेर्नुहोस तलको भिडियो

प्रतिकृया दिनुहोस्