Friday, January 21

के प्रचण्डले पूर्वराजा गुहारेकै हुन् ? किन लाग्यो यस्तो आरोप

June 25, 2021 118

विकसित राजनीतिक घटनाक्रमलाई लिएर राजनीतिक दलका नेताहरुबीच एक अर्कालाई आरोप प्रत्यारोप चलिरहेको छ । नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा गुहारेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल मार्फत उनले यस्तो आरोप लगाएका हुन् ।

बिहीबार सम्पादकहरूसँग अन्तरक्रियामा प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए। सोही कुरालाई लिएर पोखरेलको यस्तो प्रतिकृया आएको हो ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता पोखरेलले प्रचण्डले राजनीतिक प्रतिस्पर्धा आफूलाई उचो देखाउन पूर्वराजा गुहार्न बाँकी रहेको र त्यो हिजो ९बिहीबार० पूरा भएको कटाक्ष गरेका हुन्।

‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ,’ मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’

प्रतिकृया दिनुहोस्